इसेवाबाट दैनिक १ रुपैयाँभन्दा कममा पूर्ण हेल्थ केयर सेवा किन्न सक्ने

बिजमाण्डू
२०७९ पुष २७ गते १५:३८ | Jan 11, 2023
इसेवाबाट दैनिक १ रुपैयाँभन्दा कममा पूर्ण हेल्थ केयर सेवा किन्न सक्ने

काठमाडौं। इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ। इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यो सुविधा ल्याएको जनाएको छ।

Tata
GBIME
Nepal Life

सुविधा प्रयोग गर्न इसेवाको मोबाईल एपमा गएर इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिने बताइएको छ। जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक १ रुपैयाँमा दुई लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी गर्न सकिने इसेवाले जनाएको छ।

यो प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ। यो प्याकेजमा २४ घण्टाभन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ।

इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुई लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, एक सय रुपैयाँ इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एकपटक निःशुल्क परामर्श र एउटा स्केलिङ सेवामा ५ सय रुपैयाँ छुटको सुविधा पाइने इसेवाले जनाएको छ। आवरण छाला र कपाल क्लिनिकमा १० प्रतिशत छुट, द ब्यूटी बार नेपालमा २० प्रतिशत छुटको सुविधा पाइने बताइएको छ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्समार्फत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एक लाख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एक लाखसम्म, अन्त्येष्टि यातायात खर्च एक लाखसम्म, अन्त्येष्टि खर्च १० हजारसम्म जस्ता सुविधा रहेको बताइएको छ।

आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च एक लाखसम्म, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च १० हजार रूपैयाँ, स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधि भित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिने बताइएको छ।

यसैगरी, अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सञ्चालन गर्न नसकेमा २६ हप्तासम्म बीमाको ५ प्रतिशत वा वार्षिक २० हजार बराबरको रकम उपलब्ध हुनेछ। यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्न ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्ने बताइएको छ।