चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल, संचालकमा को को चुनिए?

बिजमाण्डू
२०७९ पुष २२ गते १७:३६ | Jan 6, 2023
चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल, संचालकमा को को चुनिए?

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चुनिएका छन्। ढकाल चन्द्रागिरि हिल्सको अध्यक्षमा निर्विरोध चयन भएका छन्।

Tata
GBIME
Nepal Life

यसअघि चन्द्रिगिरी हिल्सको अध्यक्ष चन्द्र ढकालले सम्हाल्दै आएका थिए। चन्द्र ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए।  

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ।

कम्पनीले पुस २१ आफ्नो १२ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गरेको छ।

सो निर्वाचनमा आगामी चार वर्षका लागि संचालक सदस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ तथा दीलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित गरेको छ।