
काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले बार्षिक साधारणसभा डाकेको छ। बैंकले २२औं वार्षिक साधारण सभा पुस २८ गते डाकेको छ।
बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो।
साधारण सभामा बैंकको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरिने छ।
साथै आर्थिक बर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि निर्णय हुनेछ।
साधारण सभाको लागि पुस १५ गते शेयरधनी दर्ताकिताब बन्द रहनेछ।