काठमाडौं। फार्मास्युटिकल्स कम्पनी फार्माचेमले २०२१/२२ मा ३ अर्ब २० करोड १० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।
काबरा समूहको लगानी रहेको यो कम्पनीले जेनेरिक र क्रोनिक औषधिको व्यापार गर्ने रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। भारतीय उत्पादकबाट औषधि झिकाएर कम्पनीले आफ्नो डिलर र डिस्ट्रिब्युटरमार्फत नेपाली बजारमा बिक्री गर्छ।
कम्पनीले २०२०/२१ मा कम्पनीले २ अर्ब ७७ करोड ८० लाख रुपैयाँ र २०१९/२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीमा आत्माराम काबराको १ प्रतिशत, हरि नारायण काबराको ५० प्रतिशत र राजेन्द्रकुमार काबराको ४९ प्रतिशत सेयर स्वामित्व छ।
कम्पनीले ६६ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी ए टु रेटिङ पाएको छ।