
काठमाडौं। राधी विद्युत कम्पनीले गत आर्थिक वर्षका लागि ५ प्रतिशत लाभांश बाँड्ने भएको छ। कम्पनीले लाभांश पारित गर्न पुस २८गते साधारण सभा डाकेको छ।
सञ्चालक समितिले ४.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। सभाले बोनस सेयर सम्बन्धि विशेष प्रस्ताव अनुमोदन गर्दैछ। बाँकी ०.२५ प्रतिशत कर प्रयोजनका लागि नगद हो।
यो बाहेक सधै जसोका सामान्य प्रस्तावहरु नै सभामा लगिएको छ। वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरीक्षण सम्बन्धि प्रस्ताव बारे सभामा छलफल गर्नेछ।
लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्दैछ। बुक क्लोजभन्दा अघि किन्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।