नबिल इक्वीटी फन्ड र नबिल ब्यालेन्स फन्ड-२ द्वारा इकाइधनीका लागि प्रतिफल घोषणा, कति पाउने भए ?

बिजमाण्डू
२०७९ असोज २६ गते १२:३९ | Oct 12, 2022
नबिल इक्वीटी फन्ड र नबिल ब्यालेन्स फन्ड-२ द्वारा इकाइधनीका लागि प्रतिफल घोषणा, कति पाउने भए ?

काठमाडौं। दुई सामुहिक लगानी कोष(म्युचुअल फन्ड)ले इकाइधनीलाई दिने प्रतिफल गत वर्षका तुलनामा निकै घटेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङका बुधबार प्रतिफलको घोषणा गरेका दुई फन्डले घटेको दर सार्वजनिक गरेका हुन्।

Tata
GBIME

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेर नबिल म्युचुअल फन्डअन्तर्गतको नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स फन्ड-२ ले प्रतिफलको घोषणा गरेका हुन्।

जसमध्ये नबिल इक्विटी फन्डले बाँड्ने प्रतिफल ३५ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई ५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख प्रतिफल वितरण गर्ने भएको छ। गत वर्ष ४० प्रतिशत प्रतिफल बाँडेको थियो।

यसपटकको प्रतिफलका लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज मिति तोकेको छ। उक्त मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम इकाइधनीहरुले मात्र सो प्रतिफल पाउने छन्।

यस्तै नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स फन्ड-२ का इकाइधनीहरुलाई प्रतिफल दिने घोषणा गरेको छ। कम्पनीले सोही आवको लागि इकाइधनीहरुलाई ७ प्रतिशत ले हुन आउने ७ करोड ८४ लाख रुपैयाँ बराबरको प्रतिफल दिने घोषणा गरेको हो।

नबिल ब्यालेन्स फन्ड-२ ले दिने प्रतिफल पनि घटेको छ। गत ३५ प्रतिशत दिएको थियो। यसपटक प्रतिफलका लागि योजनाको इकाइधनी दर्ता पुस्तिका कात्तिक १८ गते बन्द गर्ने भएको छ। तसर्थ उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम इकाइधनीहरुले मात्र सो प्रतिफल पाउनेछन्।