हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता, ग्राहकलाई टिआइएमा प्रायोरिटी चेक इन सुविधा दिने

बिजमाण्डू
२०७९ असोज १३ गते १७:२९ | Sep 29, 2022

काठमाडौं। हिमालयन बैंक र ट्राभल राइट प्रा.लिबीच भिस्तारा एयरलाइन्सको यात्रामा प्रायोरिटी चेक इन सुविधा दिने सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकको अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डवाहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुबिधा दिने छ ।

यस सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा.लि.का  प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरे।

हाल बैंकले नेपालभर फैलिएको ७४ शाखा, पाँच विस्तारित काउन्टर, १५४ पिओएस र ६ हजार भन्दा बढी पिओएस टर्मिनलबाट सेवा दिँदै आएको जनाएको छ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैक भएको जारी बिज्ञप्तीमा उल्लेख छ।

यसैगरी भिस्तारा एयरलाइन्सले भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा जहाजहरुबाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको बताइएको छ ।