‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफरको चौथो हप्ताका विजेता सार्वजनिक

बिजमाण्डू
२०७९ असोज १३ गते १६:२९ | Sep 29, 2022

काठमाडौं। आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको 'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक सेवाग्राहीमुखी दसैं अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ।

Tata
GBIME

बिहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन्।

विजेताद्वयले जनही २५  हजार रुपैयाँ प्राप्त गर्ने छन्। 

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम बिक, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन्। उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार प्राप्त गर्ने छन्।