BIZMANDU
www.bizmandu.com

आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः अध्यक्ष ढकाल

२०८० फागुन १८

आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः अध्यक्ष ढकाल
आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः अध्यक्ष ढकाल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूको समान धारणा र समझदारी आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ढकालले मुलुकलाई अहिलेको आर्थिक अवस्थाबाट बाहिर ल्याउन र जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न सबै राजनीतिक दलहरूबीच सहकार्य र समझदारी आवश्यक रहेको बताएका हुन्।

निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको पनि उनले बताए।

अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए।

उनले नेपालमा पर्यटनको सम्भावना अथाह भए पनि तिनीहरूको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे। उनले पर्यटकहरूको लागि आवश्यक पूर्वाधारहरूको विकास गर्न सके मात्र पर्यटक आगमनको अहिलेको अवस्थामा गुणात्मक रूपमा परिवर्तन ल्याउन सकिने बताए।

ढकालले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए। उनले पर्यटन सुधारको लागि हिल स्टेसनको विकास गर्न जरुरी रहेको बताए।