काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजले २० करोड चुक्ता पुँजी पुर्याउने भएको छ। कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरि अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजीमा बढाउने भएको हो।
कम्पनीले नियामकको नयाँ व्यवस्था अनुसार हालको अधिकृत पुँजीलाई बढाएर ६० करोड रुपैयाँ पुर्याउने भएको छ। यस्तै, जारी गर्ने र चुक्ता पुँजी २० करोडमा विस्तार गर्ने जनाएको हो।
कम्पनीले प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक फेरबदल गर्न असोज २३ गते विशेष साधारण सभा डाकेको छ। अहिले केबिएल सेक्युरिटिज लिमिटेडको चुक्ता पुँजी २ करोड रुपैयाँ मात्र छ। कम्पनीको अधिकृत पुँजी ५ करोड रुपैयाँ हो।
नियामक धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी )नियमावलीलाई पाँचौं पटक संशोधन गरी ब्रोकर कम्पनिहरुलाई तीनवटा तहमा विभाजन गर्दै चुक्ता पुँजी बढाएको हो।
नियमावली अनुसार समिति कार्य गर्ने धितोपत्र सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यवसायी (स्टक डिलर) मा ब्रोकर कम्पनी बाँडिएका छन्। चुक्ता पुँजी २० करोड रुपैयाँ देखि डेढ अर्ब रुपैयाँ तोकिएको छ। बोर्डले तह अनुसारको कार्य अधिकार पनि विभाजन गरेको हो।