नेपाली बजारमा थपियो नयाँ २०० सीसी क्षमताको एरोमा डर्ट बाइक, एक लिटर पेट्रोलमा ४० किलोमिटर दौडने

बिजमाण्डू
२०७९ असोज १३ गते ०९:२७ | Sep 29, 2022

काठमाडौं। आरोग्य मोटर्सले २०० सीसी क्षमताको एरोमा डर्ट बाइक नेपाली बजारमा ल्याएको छ। कम्पनीले चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा सवारीसाधन आयात गर्दै आइरहेको र यसलाई पनि उक्त ब्राण्ड नेम राखेर आयात तथा बिक्री सुरु गरिएको जनाएको छ।

Tata
GBIME
Nepal Life

नेपालका अधिकांश सडकहरु कच्ची तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाइकको ग्राउण्ड क्लियरेन्स २८० एमएम राखिएको छ। त्यसैगरी यो बाइक २०० सीसी क्षमताको रहेको छ।

एअर कुल्ड सहित सिंगल सिलिण्डरको इन्जिन रहेको यो बाइकले ८६०० आरपिएममा १४.८ हर्सपावर क्षमताको छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क उत्पादन गर्दछ। नेट तौल ११५ किलोग्राम रहेको यो बाइकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माइलेज प्रदान गर्दछ।

पहिलो चरणमा एरोमा डर्ट बाइकको १ मोडेल र २ कलरहरुमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। हाइड्रोलिक सस्पेन्सन सहितको आरामदायी यो बाइकमा १७ इन्चको स्पोक ह्वील दिइएको छ। १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ।

एरोमा डर्ट बाइकको अहिले सुरुवाती मुल्य ४ लाख ८६ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एरोमा डर्ट बाइक खरिद गर्ने हरेक ग्राहकलाई मुस्ताङ यात्राको फेस्टिबल स्किम समेत राखेको छ।