
काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्थाको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबार हुने भएको छ।
नेप्से र लघुवित्तबीच भएको सम्झौता अनुसार कम्पनीको संस्थापक तथा सर्वसाधारण समूहको २५ लाख कित्ता सेयर सूचीकृत भएको हो।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारीसहित) बिक्री गरेको ९ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरी कुल २५ लाख कित्ता सेयर सूचीकृत भएको छ।
सूचीकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई कारोबारका लागि एभिवाइ ए एन संकेत प्रदान गरेको छ। पहिलो कारोबारको ओपनिङ रेन्ज प्रति कित्ता १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँ तोकिएको छ।