हिमालयन री-इन्स्योरेन्सको बीमा शुल्क आर्जन झण्डै दोब्बर बढ्यो, नाफामा ४१ प्रतिशतले वृद्धि

बिजमाण्डू
२०७९ भदौ २८ गते १३:४२ | Sep 13, 2022
हिमालयन री-इन्स्योरेन्सको बीमा शुल्क आर्जन झण्डै दोब्बर बढ्यो, नाफामा ४१ प्रतिशतले वृद्धि

काठमाडौं। हिमालयन री- इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क आर्जन र नाफा बढेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म ७७ करोड १७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कारोबारमा निकै उत्साहजनक सुधार छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क ४७ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको थियो।

त्यस्तै, कम्पनीले गत असार मसान्तसम्म २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा १९ करोड ६४ लाख रुपैयाँ थियो। जुन अघिल्लो वर्षको भन्दा ४१ प्रतिशत नाफा कमाएको हो।

कम्पनीले चौथो त्रैमासमा ३ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। सो अवधिमा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ भने लगानी कर्जा तथा अन्य आयबाट ५३ करोड रुपैयाँ संकलन भएको छ। 

७ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो वर्ष कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ सञ्चित थियो। त्यस्तै बीमा कोषमा १४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ करोड ४३ लाख रुपैयाँ छ।