असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप साउन अन्तिम साता बढ्यो

बिजमाण्डू
२०७९ भदौ ५ गते १६:१८ | Aug 21, 2022
असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप साउन अन्तिम साता बढ्यो


काठमाडौं। असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप साउन महिनाको अन्तिम साता भने बढेको छ। २६ वाणिज्य बैंकहरुको निक्षेप साउन २७ गतेको तुलनामा १२ अर्ब रुपैयाँले बढेको हो। 

Tata
GBIME
NLIC

सो अवधिमा बैंकहरुसँग कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप छ। साउन २७ गते ४४ खर्ब २१ अर्ब रुपैयाँ मात्र थियो।  

बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असार मसान्तको तुलनामा प्रणालीबाट १०८ अर्ब रुपैयाँ निक्षेप गायब छ। साउनको पहिलो साता नै बैंकहरुले ६३ अर्ब निक्षेप गुमाएका थिए। असार मसान्तको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सञ्चित थियो।

निक्षेपको तुलनामा ऋण भने सामान्य बढेको छ। २६ वाणिज्य बैंकहरुको ऋण साउन २७ गतेको तुलनामा २ अर्ब रुपैयाँले बढेको छ। पछिल्लो एक महिनाको अन्तरालमा बैंकहरुले २ अर्ब मात्र ऋण विस्तार गरेका छन्। सिडी रेसियोमा भएको उतारचढावले असार मसान्तको तुलनामा मात्र २ अर्ब रुपैयाँ अधिक ऋण वृद्धि भएको छ।। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको सिडी रेसियो ८८.१४ प्रतिशत छ। अहिले बैंकहरुसँग कुल ऋण ४१ खर्ब ७७ अर्ब रुपैयाँ कायम छ। पछिल्लो एक सातामा बैंकहरुको विदेशी मुद्राको निक्षेप पनि २ अर्बले बढेको हो। ऋण भने एक अर्ब रुपैयाँले मात्र बढेको देखिन्छ।