
काठमाडौं। हेल्थ एट होम मेडप्रो इन्टरनेसनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ। यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थ एट होमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो। ओछ्यानमै रेडियोलोजी सेवा चाहिने बिरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवा सुरु गरेको जनाएको छ।
घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफी प्रदान गर्नेछ। हेल्थ एट होमले निकट भविष्यमा एक्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्रा.डा. रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले घरमै स्वास्थ्यको रेडियोलोजी विभागको उद्घाटन गरेका थिए। विभागको नेतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गरेका छन्।
‘समुदायमा अतिआवश्यक पर्ने सेवा रहेको भन्दै उहाँले पेशागत प्रतिवद्धता र बिरामीको हेरचाहका लागि आवश्यक पर्ने आविष्कार आवश्यक छ,’ नयाँ सेवा उद्घाटनका क्रममा डा. घिमिरेले भने। सेवा नैतिकतामा आधिारित हुनुपर्ने र बिरामीको हितका लागि आधारित हुनुपर्ने उनले बताए।
‘हेल्थ एट होमले सेवाका रुपमा विस्तारामा बाँधिएका र उचित रेडियोलोजी सेवाहरु बिना समुदायमा रहेका बिरामीहरुलाई ठुलो मद्दत पुग्ने डा. प्रदीपराज रेग्मीले बताए।
यसैगरी हेल्थ एट होमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवा विभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताए।
१२ वर्षअघि ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। हाल हेल्थ एट होममार्फत करिब एक लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्।
हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ। देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यका बाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।