लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्जरमा जाने, चुक्ता पुँजी २ अर्ब ६४ करोडभन्दा माथि पुग्ने

बिजमाण्डू
२०७९ असार ३० गते ११:०१ | Jul 14, 2022
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्जरमा जाने, चुक्ता पुँजी २ अर्ब ६४ करोडभन्दा माथि पुग्ने

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन्। आज बिहान दुई कम्पनीबीच एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमितपत्रमा हस्ताक्षर भएको हो। 

Tata
GBIME
Nepal Life

उक्त सहमतिपत्रमा लुम्बीनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष अरुण राज श्रेष्ठ र सगरमागा इन्स्योरेन्स कम्पनीको तर्फबाट अध्यक्ष लोकमान्य गोल्छाले हस्ताक्षर गरेका छन्।

बीमा समितिले तोकेको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउनका लागि मर्जरमा जान लागेको कम्पनीको अन्तिम सहमति भएसँगै सम्झौता आजै हुने भएको छ।

हाल लुम्बिनी जनरलको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ छ भने सगरमाथा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ। मर्जर पछि चुक्ता पुँजी २ अर्ब ६४ करोड भन्दा बढी पुग्नेछ।