ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू मर्जरमा जान सम्झौता, बराबरी हैसियतमा गाभिने, सीइओ रत्नराज

बिजमाण्डू
२०७९ असार २ गते १०:०७ | Jun 16, 2022
ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू मर्जरमा जान सम्झौता, बराबरी हैसियतमा गाभिने, सीइओ रत्नराज

काठमाडौं। ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन्। दुवै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

दुवै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा सहमति नगरे कुनै पनि सुविधा नदिने घोषणा गरेलगत्तै दुई बैंकबीच मर्जर सहमति भएको हो। यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भएको थियो।

नयाँ बैंकको नाम ग्लोबल आइएमइ बीओके बैंक हुनेछ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। बीओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुने छन्। 

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ। मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ।

चैतको तथ्यांकका आधारमा बैंकको जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ। मर्जरपछि कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ। ऋण ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने छ।

  ग्लोबल आइएमई बीओके कुल
चुक्ता पुँजी             23,795,753            10,623,994            34,419,747
जगेडा तथा कोष             11,766,562               6,107,038            17,873,600
कुल कर्जा          260,209,629          102,918,573          363,128,202
कुल निक्षेप          269,082,859          104,200,988          373,283,847