राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले जेठ २४ देखि आइपीओ बिक्री गर्दै, कसले भर्न पाउँछन्?

२०७९ जेठ १३ गते १०:३०

काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले जेठ २४ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका सर्वसाधरणलाई आइपीओ बिक्री गर्नेछ।

TATA
GBIME

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई पहिलो चरणमा बिक्री गर्ने भएको हो। कम्पनीको जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ छ। जसमध्ये ६ करोड १२ लाख ७९ हजार ३८० रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने जनाएको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाका बासिन्दाका लागि आइपीओ निष्कासन गर्दै छ। प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा आगामी असार ७ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन। 

सो अवधिमा पनि पर्याप्त आवेदन नआए आवेदन आवधि असर २२ गतेसम्मलाई लम्ब्याइनेछ। हाल कम्पनीले रुकुम गाड जलविद्युत आयोजना निर्माण गर्ने क्रममा छ। आयोजनाको जडित क्षमता ५ मेगावाट हुनेछ। 

कम्पनीले बोर्डबाट २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो।


Sunrise Bank