आयकरको सीमा बढाउन राजस्व परामर्श समितिलाई सुझाव, चार वर्षपछि होला करको दर हेरफेर?

बिजमाण्डू
२०७९ बैशाख ५ गते १९:५२ | Apr 18, 2022
आयकरको सीमा बढाउन राजस्व परामर्श समितिलाई सुझाव, चार वर्षपछि होला करको दर हेरफेर?

काठमाडौं। आयकरको सीमा बढाउने सुझाव राजस्व परामर्श समितिले पाएको छ। समिति र आर्थिक पत्रकार समाज (सेजन) बिच सोमबार भएको आगामी आर्थिक वर्षको बजेटमा सुझावसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो सुझाव दिएका हुन्। 

Tata
GBIME
Nepal Life

छलफल कार्यक्रममा कर विज्ञ डा. रुप खड्का, सेजन अध्यक्ष जनार्दन बराल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए। 

अर्थशास्त्री खड्काले मूल्य अभिवृद्धि कर (भ्याट) को विश्व परिवेश र नेपालमा कार्यन्वयनको विषयमा प्रस्तुति दिएका थिए। त्यसक्रममा व्यक्तिगत आयकरको सीमा परिवर्तन गर्न उनले सुझाइएका थिए। यस्तै, धनीहरुलाई धेरै कर र गरिबलाई थोरै कर लगाउन समितिलाई सुझाव दिइएको छ। 

तर करको दर आगामी वर्षमा पनि बढाउने सम्भावना नरहेको सिमितका अध्यक्ष महेश दाहालले बताए। उनले भने ' नेपालमा समग्र करको दर नबढेको चार वर्ष पुगिसकेको छ। योपटक पनि करको दर बढाउने कुनै सम्भावना देखिँदैन। हामीले हेर्ने भनेको दायरा विस्तार नै हो।'

उनले घरजग्गासम्बन्धी करका सम्बन्धमा गतवर्षको अध्ययन पूरा नभएकोले सुझाव पेश गर्न कठिन भएको बताए।