राजस्व संकलन बढ्यो, ७ महिनामा ६ खर्ब १३ अर्ब उठ्यो, भन्सारको असुलीतर्फ वृद्धि उल्लेख्य 

बिजमाण्डू
२०७८ फागुन १ गते ११:४० | Feb 13, 2022
राजस्व संकलन बढ्यो, ७ महिनामा ६ खर्ब १३ अर्ब उठ्यो, भन्सारको असुलीतर्फ वृद्धि उल्लेख्य 

काठमाडौं। राजस्व संकलन बढेको छ। चालु वर्षको सात महिनामा ६ खर्ब १३ अर्ब राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ।  

Tata
GBIME

सरकारले चालु वर्षमा कर र गैरकर शीर्षकमा ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। जसमा करिब ५२ प्रतिशत संकलन भइसकेको छ।

यो अवधिमा खुद राजस्व शीर्षकमा ५ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ। यस्तै गैरकर शीर्षकमा ५२ अर्ब ५६ करोड संकलन भएको छ। 

चालु वर्षमा भन्सार असुलीतर्फ लक्ष्यभन्दा बढी महसुल संकलन भइरहेको छ भने आन्तरिक राजस्व लक्ष्य अनुसार संकलन हुन सकेको छैन। आन्तरिक राजस्व गत आर्थिक वर्षको तुलनामा १८ प्रतिशत वृद्धिदर देखिएको छ।