सेन्चुरी बैंकको साधारणसभाबाट शेयरधनीलाई ६.०५ प्रतिशत लाभांशको प्रस्ताव पारित

बिजमाण्डू
२०७८ पुष ३० गते १६:१५ | Jan 14, 2022

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले शेयरधनीलाई ६.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME

बैंकको एघारौं वार्षिक साधारणसभाले शेयरधनीलाई ५.७५ प्रतिशत बोनर शेयर र ०.३० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय समेत अनुमोदन गरेको बैंकले जनाएको छ।

बैंकले देशभर आफ्ना १ सय २६ शाखा, १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ तथा एकसय ८ वटा एटिएममार्फत बित्तीय सेवा दिँदै आइरहेको जनाएको छ।