माछापुच्छ्रे बैंकका ग्राहकलाई साओमी र पोको ब्राण्डका सामान किन्दा किस्ताबन्दी सुविधा

बिजमाण्डू
२०७८ पुष ३० गते १४:०३ | Jan 14, 2022
माछापुच्छ्रे बैंकका ग्राहकलाई साओमी र पोको ब्राण्डका सामान किन्दा किस्ताबन्दी सुविधा


काठमाडौं। माछापुच्छ्रे बैंकका ग्राहकले साओमी र पोको ब्राण्डका सामाग्रीहरु शून्य ब्याजदरसहित मासिक किस्ताबन्दीमा किन्न पाउनेभएका छन्।

Tata
GBIME
Nepal Life

माछापुच्छ्रे बैंक र वत्सल इम्पेक्सबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले साओमी र पोको ब्राण्डका मोबाइल तथा अन्य विद्युतीय उपकरणहरु किन्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको सुविधा पाउने भएका हुन्।

बैंकका डिजिटल बैंकिङका नायब प्रमुख बिनय रेग्मी र वत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मुन्द्राले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्रहकहरुले ६ देखि ९ महिनासम्मका लागि  किस्ताबन्दीमा १५ हजार देखि माथिका मोबाइल फोन तथा अन्य विद्युतीय सामाग्री किन्न सक्नेछन्।

काठमाडौंमा रहेको वत्सल इम्पेक्सको शोरुमबाट यो सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ।