निक्षेप बढ्दै गर्दा किन बैंकहरुले उठाए साढे ३२ अर्ब रुपैयाँ एसएलएफ? दायित्व आधा खर्ब रुपैयाँ

बिजमाण्डू
२०७८ पुष २६ गते १६:११ | Jan 10, 2022

काठमाडौं। बैंकिङ प्रणालीमा निक्षेप सुधार हुँदै गइरहेका बेला सापटी घटाउँदै लगेका बैंकले सोमबार उच्च दरमा राष्ट्र बैंकसँग पैसा माग गरेका छन्।

Tata
GBIME
Nepal Life

९ दिनयता क्रमश स्थायी तरलता सुविधा (एसएलएफ) लिन कम गर्दै गएका बैंक तथा वित्तीय संस्थाहरुले सोमबार एकै पटक ३२ अर्ब ६४ करोड ३५ लाख रुपैयाँ उठाएका छन्।

जबकी ६० अर्ब रुपैयाँसम्म उठाउँदै आएको एसएलएफ चार दिनयता करोडमा झरिसकेको थियो। गत साता सापटी लिन दर २१ करोडमा झरिसकेको थियो।

बैंक तथा वित्तीय संस्थाले सोमबार ओभरनाइट रिपोसमेत चलाएका छन्। तीन वटा संस्थाले एक अर्ब ३७ करोड रुपैयाँ रिपो लिएका हुन्।

अब बैंक तथा वित्तीय संस्थाहरुको सापटी दायित्व ४८ अर्ब ३ करोड पुगेको छ। यो निरन्तर घटिरहेको थियो।