गणपतीले ल्यायो विवाहलक्षित योजना, १० लाखको गहना किन्ने जोडीलाई पाँचतारे होटलमा राखिने

२०७८ मंसिर २ गते १५:५०
गणपतीले ल्यायो विवाहलक्षित योजना, १० लाखको गहना किन्ने जोडीलाई पाँचतारे होटलमा राखिने


काठमाडौं। मंसिर लाग्दै सुरु भएको विवाहको मौसमलाई लक्षित गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ। यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने मौका प्रदान गरिने गणपती ज्वेलर्सले जनाएको छ।

Tata
GBIME

‘विवाह उत्सव’ योजना मंसिर १ बाट सुरु भएर दुई महिना अर्थात् माघ महिनाभर चल्ने गणपती ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले बताए।

‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहकलाई आग्रह गर्दछौं,’ बेगानीले भने, ‘गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवनभरको मिठो सम्झना दिनेछ।’

काठमाडौं न्युरोडस्थित गणपती ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ। गणपतीको यस योजनाले नवविवाहित जोडीको विवाह उत्सव अवस्मरणीय बन्ने र दाम्पत्य जीवनको सुरुआत सम्झनलायकको बनाउन मद्दत गर्ने विश्वास बेगानीको छ।


Sunrise Bank