अवरुद्ध भएको १५ दिनपछि कर्णाली करिडोरको सडक खुला, पहिरो पन्छाएपछि गाडी चल्न थाल्यो



२०७८ कात्तिक १९ गते १५:१७

मान्म। अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ। कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो।

TATA
GBIME

पहिराको कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुङगा खसेर अवरुद्ध भएको थियो। अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो।

सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिए। 'निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्णरूपमा सञ्चालनमा ल्यायौं,' उनले भने।

सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो। गत असोज ३१ देखि चार दिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो।

 


Sunrise Bank