कार्यविधि आएपछि दोस्रो विदेशी इन्भेष्टमेन्ट कम्पनीको ६ अर्ब रुपैयाँ लगानी भयो स्वीकृत

बिजमाण्डू
२०७८ कात्तिक ८ गते ११:३९ | Oct 25, 2021
कार्यविधि आएपछि दोस्रो विदेशी इन्भेष्टमेन्ट कम्पनीको ६ अर्ब रुपैयाँ लगानी भयो स्वीकृत

काठमाडौं। इन्भेष्टमेन्ट कम्पनी सम्बन्धि कार्यविधि आएपछि दोस्रो इन्भेष्टमेन्ट कम्पनीको लगानी स्वीकृत भएको छ। ६ अर्ब लगानीको चिनियाँ व्यावसायीको लगानी स्वीकृत भएको हो।

Tata
GBIME
Nepal Life

चिनियाँ व्यावसायी यीङ हु सुआनको नेतृत्वको समूहले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न इन्भेष्टमेन्ट कम्पनी खोल्ने भएको हो । २० जनाको लगानीमा नेपालमा हाउजिङ लगायत व्यावसायमा लगानी गर्न इन्भेष्टमेन्ट कम्पनी खोल्ने तयारी गरेको छ। कम्पनी दर्ताका लागि उद्योग विभागमा २ वर्षअघि  निवेदन दिइएको थियो। 

आवश्यक कानुन नहुदाँ कम्पनी दर्ता हुन सकेको थिएन। विदेशी इन्भेष्टमेन्ट कम्पनी दार्ता गर्ने मापदण्ड आएसँगै लगानी स्वीकृत भएको हो। लगानी स्वीकृत भैसकेपछि अब कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ताको लागि प्रक्रिया सुरु गरेको छ।

यसअघि एसएच कम्पनीको १३ अर्ब लगानी स्वीकृत गरेको छ। यो कम्पनीले दाङ सिमेन्टमा लगानी गर्नेछ। यस्तै अन्य कम्पनीको पनि लगानी स्वीकृतको प्रकृयामा रहेको छ। 

चालु वर्षको पहिलो तीन महिनामा १ सय ७ कम्पनीको २४ अर्बको लगानी स्वीकृत गरिसकेको छ।