एमसीसी उपाध्यक्ष सुमार शनिबारपनि भेटघाटमा व्यस्त, अर्थमन्त्री शर्मा र सुमारबीच भेटवार्ता

बिजमाण्डू
२०७८ भदौ २६ गते १६:४१ | Sep 11, 2021
एमसीसी उपाध्यक्ष सुमार शनिबारपनि भेटघाटमा व्यस्त, अर्थमन्त्री शर्मा र सुमारबीच भेटवार्ता

काठमाडौं। एमसीसी उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ। शनिबार अपरान्ह सुमारको टोली अर्थमन्त्री भेट्न सिंहदरवार पुगेको हो।

Tata
GBIME
Nepal Life

भेटमा एमसीसीको टोलीले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरि कार्यान्वयनमा लैजान आग्रह गरेको छ। जवाफमा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच २०१७ मा सम्पन्न कम्प्याक्ट सम्झौताका विषयमा राजनैतिक स्तरमा छलफल भइरहेको बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भदौ २४ गते नेपाल आइपुगेको सुमार नेतृत्वको एमसीसीको टोलीले सुरुमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेको थियो।

त्यसपछि टोलीले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सत्तारुढ दलका नेताहरु लगायत सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग पनि भेटघाट गरिरहेको छ।