अर्घाखाँचीको ‌ओपिसी सिमेन्टले पायो ४३ ग्रेडको इजाजत, अर्को वर्ष आइपीओ जारी गर्ने



बिजमाण्डू
२०७८ भदौ १७ गते १७:३१ | Sep 2, 2021
अर्घाखाँचीको ‌ओपिसी सिमेन्टले पायो ४३ ग्रेडको इजाजत, अर्को वर्ष आइपीओ जारी गर्ने


काठमाडौं। अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस-५७२ प्रमाणीकरण गरी कम्पनीलाई बिहीबार ४३ ग्रेडको प्रमाणपत्र दिएको हो।

Vigo
GBIME
Tata

कम्पनीले गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्रीलाई प्राथमिकता राखेको जनाएको छ। 'हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,' कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने।

विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस-५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो। क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट राम्रो कम्पनीभित्र पर्छ। गत वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आइपीओमा लैजाने प्रक्रिया सुरु गरिसकेको छ।

२०७५ सालदेखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पुर्‍याएको कम्पनीले लकडाउनमा समेत २०७७/७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ। कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले अर्को आर्थिक वर्षभित्र सेयर जारी गरिसक्ने बताए।