तरलताको गर्जो टार्न महँगोमा थप तीन अर्ब उठाए बैंकले, परिपक्व हुन बाँकी एसएलएफ २५ अर्ब नाघ्यो

बिजमाण्डू
२०७८ साउन २८ गते ०८:४९ | Aug 12, 2021
तरलताको गर्जो टार्न महँगोमा थप तीन अर्ब उठाए बैंकले, परिपक्व हुन बाँकी एसएलएफ २५ अर्ब नाघ्यो

काठमाडौं। बैंकिङ तरलता अभाव भएपछि बैंकहरुले बुधबार पनि राष्ट्र बैंकसँग थप तरलता सुविधा लिएका छन्। राष्ट्र बैंकका अनुसार बुधबार बैंकहरुले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) थप उठाएका हुन्।

Tata
GBIME
Nepal Life

यद्यपी मंगलबारको तुलनामा एसएलएफ निक्कै कम उठाएका छन्। मंगलबार चालु बर्षकै सबैभन्दा धेरै १९ अर्ब ५५ करोड रुपैयाँ राष्ट्र बैंकसँग उठाएका थिए। बुधबार भने तीन अर्ब उठाएका छन्। पैसा उठाएका छन्। तुलनात्मकरूपमा महँगो दरको पैसा मंगलबार एकै दिन उठाएको राष्ट्र बैंकले जनाएको छ।

बुधबारको सहित परिपक्व हुन बाँकी एसएलएफ २५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यति गर्दा पनि बैंकहरुसँग अधिक तरलता ६ अर्ब रुपैयाँ मात्र छ। 

एसएलएफ सात दिन अवधिको हुन्छ। यसको ब्याज दर ५ प्रतिशत हुन्छ। बैंकहरुबीच अन्तर बैंक सापटी पाउन छाडेपछि राष्ट्र बैंकले यो मौद्रिक औजारबाट पैसा उपलब्ध गराउँछ। 

बैंकबाट ६१ अर्ब रुपैयाँ निक्षेप गायव भएपछि अहिले बजारमा चरम तरलता अभाव छ। अन्तर बैंक सापटी दर ४.७५ प्रतिशत पुगिसकेको छ। अरुबेला सापटी उपलब्ध गराउने सरकारी स्वामित्वका बैंकहरु पनि अहिले मागिरहेका छन्।