काठमाडौं। सुनको मूल्य क्रमिक रुपमा घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलामा ६ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ भएको थियो।
चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँ भएको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा स्थिर थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८६३.७१ डलर र चाँदी प्रतिऔंस २७.८७ डलरमा कारोबार भएको छ।