BIZMANDU
www.bizmandu.com

लगातार घट्दै सुनको मूल्य, सोमबार तोलामा ७ सय रुपैयाँले गिरावट, चाँदी पनि घट्यो

२०७८ जेठ ३१

लगातार घट्दै सुनको मूल्य, सोमबार तोलामा ७ सय रुपैयाँले गिरावट, चाँदी पनि घट्यो
लगातार घट्दै सुनको मूल्य, सोमबार तोलामा ७ सय रुपैयाँले गिरावट, चाँदी पनि घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य क्रमिक रुपमा घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार तोलामा ६ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँ भएको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८६३.७१ डलर र चाँदी प्रतिऔंस २७.८७ डलरमा कारोबार भएको छ।