नेपाली रुपैयाँ एकैदिन एक रुपैयाँ ७९ पैसाले कमजोर, मुद्रा कोषको प्रक्षेपणपछि अमेरिकी डलर बलियो

बिजमाण्डू
२०७७ चैत्र २६ गते ०९:०२ | Apr 8, 2021
नेपाली रुपैयाँ एकैदिन एक रुपैयाँ ७९ पैसाले कमजोर, मुद्रा कोषको प्रक्षेपणपछि अमेरिकी डलर बलियो


Tata
GBIME
Nepal Life

काठमाडौं। डलरको भाउ एकै दि एक रुपैयाँ ७९ पैसाले महँगिएको छ। बुधबार एक डलर बराबर ११७ रुपैयाँ ८० पैसा रहेको नेपाली रुपैयाँ बिहीबार थप अवमूल्यन भइ ११९ रुपैयाँ ५९ पैसा पुगेको हो।

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी अर्थतन्त्रमा राम्रो सुधार आउने प्रक्षेपण गरेकै भोलिपल्ट डलर बलियो भएको हो। यता भारतीय अर्थतन्त्र पनि बलियो हुने प्रक्षेपण मुद्रा कोषको छ। भारतीय अर्थतन्त्रसँग जोडिएका समाचारहरुले नेपाली रुपैयाँ तलमाथि हुन्छ।

भारु र नेपाली रुपैयाँबीच स्थिर बिनिमय दर छ। यही कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ र कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पनि पर्छ।

विश्व बजारले डलरलाई प्राथमिकतामा राखेका कारण भारतीय अर्थतन्त्र बलियो हुने संकेत देखिए पनि भारु कमजोर भएको हो। भारुसँगै नेपाली रुपैयाँ पनि करिव पौने दुई रुपैयाँले कमजोर भएको हो।

डलरको भाउ बढ्दा विदेशमा रहेका नेपालीको पैसा बुझ्ने स्थानीय परिवारलाई फाइदा हुन्छ। तर व्यापार घाटा थप बढाउन भने यसले मद्दत गर्छ। सबै आयातित सामान महँगोमा किनेर भित्र्याउनु पर्ने हुन्छ।