सुधीर बस्नेतको कोहिनुर हिल लिलामीमा: २४ करोडको ऋण ५० करोड पुग्यो, एक किस्ता नतिर्दै संकटमा




काठमाडौं। बैंकहरुले असुली थालिरहेका बेला कर्मचारी सञ्चय कोषले पनि सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने प्रक्रिया थालेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर २ स्थित जग्गा र त्यहाँ निर्माणाधीन अपार्टमेन्ट कोषले लिलाम गर्ने भएको हो। कोषले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कोहिनुर हिल हाउजिङ प्रालि लिलाम गर्न लागेको हो।

TaTa
TVS

त्यहाँ १० रोपनी ९ आना जग्गा छ। साथै अपार्टमेन्टका पूर्वाधारहरु पनि निर्माण भएका छन्। कोषबाट यो ऋण सुधीर बस्नेत र उनी श्रीमती नितु थापाले लिएका थिए।

यो सम्पत्ति किन्न चाहने इच्छुकले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। बस्नेतलाई पनि यही अवधिभित्र ऋण तिर्ने अन्तिम समय कोषले दिएको छ। कोषले यो सम्पत्तिको भाउ कति हो भनेर केही पनि खुलाएको छैन। कुल १३ वटा कित्ता लिलाम गर्न लागिएको छ।

बस्नेतले आफ्नो परियोजनाका लागि सञ्चय कोषबाट एक अर्ब ३८ करोड रुपैयाँको कर्जा प्रस्ताव स्वीकृत गराएका थिए। तर उनले त्यहाँबाट २३ करोड ७० लाख रुपैयाँ मात्र लैजान पाए। त्यही बीचमा अन्य बैंकहरुले ऋण नतिरेको भन्दै उनलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखेपछि उनले कोषबाट बाँकी ऋण पाएनन्।

सञ्चय कोषबाट ठूलो पैसा आउने र त्यो पैसाबाट सबै परियोजना सम्पन्न गर्ने उनको योजना थियो। सञ्चय कोष स्रोतका अनुसार, बस्नेतले साँवा, ब्याज गरेर लगभग ५० करोड रुपैयाँ  भुक्तानी गर्न बाँकी छ।

तस्बिर: विकास कार्की


Share this Story

   

Krishna Bhakta Baniya[ 2021-01-26 03:28:36 ]
जसले जे भनेपनि सुधिर बस्नेत ठग होईन सबै सम्पति रोक्का राखिदिने अनि सबैले एकै पटक कर्जा फिर्ता माग्ने काम गर्न दिन पर्यो नि ।


Paudel Sujan[ 2021-01-27 10:03:34 ]
जे भए पनि सुधिर बस्नेत ठग होईन । नेपालकाे परिस्थिति नै त्यसतर्फ प्रतिकुल छ। काम गर्दै जादा देशकाे र समयकाे कारणले व्यवस्थापन मा कमि हाे ।


Suman Shrestha[ 2021-01-29 05:17:45 ]
bank र dipositor एकै हुन।नाफा देखिँदा मेरो पैसा लगानी गरिदिनुस भन्ने, गार्हो हुदा खोस्न आउने


Janak Karki[ 2021-01-26 11:18:50 ]
प्रधान मन्त्रीलाई मार्सी भात खुवाउनेले पो पाउछ त जतिभन्यो त्यती ऋण सामान्य मान्छेलाई त फसै हाल्छन नी घुसखोर हरुले ! सन्जयकोष वालाहरुलाई १,२ करोड दीन्छु भनेको भए सबै लोन दिन्थ्यो


KB K. C. Dahal[ 2021-01-28 02:21:53 ]
सुदिर बस्नेत ठग कदापि होइन किनकि बैक भनेको घाम लाग्दा छाता दिने पानी पर्दा छाता खोस्ने भएको कारनले यो अबस्था अाको हो ।


Karki Deepak Deelux[ 2021-01-28 02:20:40 ]
कुनै बेला सुधिर जि हाम्रो बैंक मा कारोबार गर्दिनु पर्यो ‌भनेर भन्ने नियति खराब बैंकर्स र बैंक को कारण असफल बनाइएको एऊटा साहसी पात्र को एस्तो घटना ले मन रुवाउँछ ।


Siddhi Ratna Bajracharya[ 2021-01-27 10:50:30 ]
य बाबा अब झन गरिब हरुकाे रगत पसिनाकाे धन कसरी फिर्ता अाउलत?यसमा सरकारले नयि कदम चाल्नु पर्नेछ ।यदि याे देसमा सरकार छ भने।


Milan[ 2021-01-28 07:42:29 ]
Bankers lutne matr x, kaam garne batabaran kaha xar nepal ma, diyar duvaune kam haru vairako x bank bat


Dilliram Gautam[ 2021-01-27 09:19:26 ]
डिपोजिटरको कहिले फिर्ता गर्ने?


Sanjay Khanal[ 2021-01-26 05:35:19 ]
अब यस्ता धेरै आउनै बाकी छ क कसका के के लिलाम हुने हुन आगे आगे देखो होता है क्या


Kishor Kumar Shrestha[ 2021-01-26 04:05:20 ]
तिमीलाई राजेश खच्चडले लुट्यो नराम्रोसंग


Nibas Thapa[ 2021-01-27 05:02:44 ]
सुधिर बस्नेतलाई २/४ जना धुर्तहरुले डुबायेका हुन,राम्रो सङ छानबिन होस


Pradhan AbsAek[ 2021-01-29 07:51:38 ]
अरुको पैसा लगानी गरेर आफू धनी बन्नु खोज्दा यस्तै हुन्छ।


Lucky Dgtal Press[ 2021-01-27 02:57:56 ]
Sudhir basnet le mauka pauna parchha


Gane Xttre[ 2021-01-27 10:45:37 ]


Lumbini Cattring[ 2021-01-27 04:04:27 ]
सबै को तेहि भाछ


Amir Shakya[ 2021-01-27 01:04:32 ]
Normal manchhe le thulo sapana dekhnu ko parinam ko Sudhir basnet........


Madhu Shrestha[ 2021-01-26 06:08:28 ]
sudhir basnetko man saffa thiyo usko niyet kharab vayeko vaye dherai money liyera america gayera aaramle basna sakthyo tara aha usalai kar kapma parera 1 arbako agni air 55 crore ma lilam garera khaye ani ahile pani usko sampati bechna pauni ho vani sabaiko rin tirna pugcha sabai rokka garera bechna nadini ani auta nepali nagarik jo yo nepalko housing chhetrako agrapanthima raheka byaktilai sadakma lyauni sarkarko pani dos chha ra bank ko pani k herera lon diyo ani pachhi rokyo


Krishna Lamsal[ 2021-01-26 04:36:43 ]
injustice vako jasto lagcha. ..project complete huna payeko vaye sabai ramrai hunthyo hola. ..


Yushu Pradhan[ 2021-01-26 03:18:01 ]
Bank haru lay Kaam garna Na dinay bhyoop


सत्मदुमीबिष्णु राई[ 2021-01-26 03:08:04 ]
Kehi samaya kaam garne mouka paye garne manxe ho tara kaam garne watawaran nai didainan.. charaitira bata chyape pachhi kasari garnu kaam...?


Jyoti Kc[ 2021-01-26 02:48:56 ]
Kaam garna dina paryo


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell