BIZMANDU
www.bizmandu.com

सुधीर बस्नेतको कोहिनुर हिल लिलामीमा: २४ करोडको ऋण ५० करोड पुग्यो, एक किस्ता नतिर्दै संकटमा

२०७७ माघ १३

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुले असुली थालिरहेका बेला कर्मचारी सञ्चय कोषले पनि सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने प्रक्रिया थालेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर २ स्थित जग्गा र त्यहाँ निर्माणाधीन अपार्टमेन्ट कोषले लिलाम गर्ने भएको हो। कोषले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कोहिनुर हिल हाउजिङ प्रालि लिलाम गर्न लागेको हो।

त्यहाँ १० रोपनी ९ आना जग्गा छ। साथै अपार्टमेन्टका पूर्वाधारहरु पनि निर्माण भएका छन्। कोषबाट यो ऋण सुधीर बस्नेत र उनी श्रीमती नितु थापाले लिएका थिए।

यो सम्पत्ति किन्न चाहने इच्छुकले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। बस्नेतलाई पनि यही अवधिभित्र ऋण तिर्ने अन्तिम समय कोषले दिएको छ। कोषले यो सम्पत्तिको भाउ कति हो भनेर केही पनि खुलाएको छैन। कुल १३ वटा कित्ता लिलाम गर्न लागिएको छ।

बस्नेतले आफ्नो परियोजनाका लागि सञ्चय कोषबाट एक अर्ब ३८ करोड रुपैयाँको कर्जा प्रस्ताव स्वीकृत गराएका थिए। तर उनले त्यहाँबाट २३ करोड ७० लाख रुपैयाँ मात्र लैजान पाए। त्यही बीचमा अन्य बैंकहरुले ऋण नतिरेको भन्दै उनलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखेपछि उनले कोषबाट बाँकी ऋण पाएनन्।

सञ्चय कोषबाट ठूलो पैसा आउने र त्यो पैसाबाट सबै परियोजना सम्पन्न गर्ने उनको योजना थियो। सञ्चय कोष स्रोतका अनुसार, बस्नेतले साँवा, ब्याज गरेर लगभग ५० करोड रुपैयाँ  भुक्तानी गर्न बाँकी छ।

तस्बिर: विकास कार्की