एमभी अगष्टाले नेपाल भित्र्यायो चार नयाँ मोडलका बाइक, मूल्य ४८ लाख ९० हजारबाट सुरु

बिजमाण्डू
२०७७ पुष २ गते ११:०३ | Dec 17, 2020
एमभी अगष्टाले नेपाल भित्र्यायो चार नयाँ मोडलका बाइक, मूल्य ४८ लाख ९० हजारबाट सुरु


Tata
GBIME
NLIC

काठमाडौं। भेलोसिटी प्रालिले नेपाली बजारमा इटालियन कम्पनी एमभी अगष्टा विभिन्न चार नयाँ मोडलका बाइक भित्र्याएको छ। सन् १९०७ मा उड्डयन कम्पनीबाट व्यवसायिक यात्रा सुरु गरेको मेक्कानिका भर्घरा (एमभी) अगष्टा अहिले महंगा मोटरसाइकल उत्पादन गर्ने प्रतिष्ठित कम्पनीका रूपमा छ। 

भेलोसिटीका ब्रुटल ८००आरआर, ड्रयाग्स्टर ८०० आरआर पिरेल्ली (लिमिटेड एडिसन), टुरिस्मो भिलभ ८०० र ड्रयागस्टर ८०० आरआर अमेरिका (लिमिटेड एडिसन) रुचाइएका बाइक हुन्।

८०० सीसीका यी बाइकहरुमा १४० बीपीएच पावर र ८७ एनएमको टर्क रहेको कम्पनीले जनाएको छ। कम्पनीले ब्रुटल ८०० आरआरको मूल्य ४८ लाख ९० हजार रुपैयाँ छ। यस्तै, ड्रयाग्स्टर ८०० आरआर पिरेल्ली (लिमिटेड एडिसन) र ड्रयागस्टर ८०० आरआर अमेरिका (लिमिटेड एडिसन)को मूल्य समान ५९ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।  

त्यसैगरी, ८०० सीसीको टुरिस्मो भिलभमा ११० बीएचपीको पावरमा ८० एमएमको टर्क रहेको कम्पनीले जनाएको छ। नीलो र डार्क ग्रे रंगमा उपलब्ध यो बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ। 

उपभोक्ताहरुले कान्तिपथमा रहेको एमभी अगष्टाको शोरुम मार्फत् ग्राहकहरुले बाइक खरिद, सर्भिसिङ, स्पेयर पार्टस् तथा एसेसरिजहरु पाउन सक्ने कम्पनीले जनाएको छ।