नगद कारोबारमा 'कोरोना कर' लगाउन बैंकरको सुझाव, '५ वर्षभित्र नगद कारोबार २०% मा झारौं'


काठमाडौं। नेपाल बैंकर्स संघले नगद (नोट) मा आधारित वित्तीय कारोबार घटाउन 'कोरोना कर' लगाउन सुझाव दिएको छ। आगामी वर्षको बजेट निर्माणमा ब्यस्त रहेको अर्थमन्त्रालयलाई संघले कोरोना कर लगाउन सुझाव दिएको हो।

संघले निश्चित रकमभन्दा बढी नगदको कारोबार गर्नेहरुलाई कोरोना कर लगाउन सुझाएको हो। यसले गर्दा डिजिटल कारोबार बढ्ने र राज्यको खर्च पनि कम हुने संघको सुझावमा उल्लेख छ।

'डिजिटल कारोबारमा कर नलाग्ने र नगदमा लाग्ने भएपछि बिस्तारै मान्छेहरु डिजिटलतिर जान्छन्,' संघका अध्यक्ष भुवन दाहालले भने, 'नगदबाट पनि कोरोना संक्रमणको जोखिम पनि छ। त्यही भएर यसलाई कोरोना करका रुपमा लगाउन सुझाव दिएका हौं।'

TaTa
Riddisiddi Cement
Nepal life

संघले पाँच वर्षमा कुल नगद कारोबारलाई २० प्रतिशतमा झार्ने लक्ष्यसहित काम गर्नुपर्ने सुझावमा उल्लेख गरेको छ। २०८२ असार मसान्तसम्म कुल नगद कारोबारलाई २० प्रतिशतमा झार्ने गरी एउटा उच्चस्तरीय समिति बनाएर काम गर्न संघले सुझाएको छ।

'अर्थमन्त्री वा गभर्नरको संयोजकत्वमा एउटा समिति बनोस्, त्यहाँ बैंकर संघ पनि हुन्छ। सूचना प्रविधि क्षेत्रका विज्ञ र संगठन पनि हुन्छन्, ' उनले भने, 'पाँच वर्षभित्र लक्ष्य हासिल गर्ने गरी संयन्त्र बनाएर काम गर्दा नतिजा हासिल हुन्छ।'

संघले नगदमा आधारित कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने ब्यवस्था गर्दा राष्ट्र बैंकको नोट छाप्ने र ब्यवस्थापन गर्ने खर्च पनि घट्ने उल्लेख गरेको छ। साथै पारदर्शी कारोबार भएर सरकारी राजस्व पनि बढ्ने संघको तर्क छ। 'सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधि पनि न्यूनीकरण हुन्छ भन्ने हाम्रो बुझाइ हो,' दाहालले भने। 

उदाहरणका लागि, ५० हजारभन्दा माथिको नगद कारोबार गर्ने भए त्यहाँ कोरोना कर लगाउनु पर्छ। कति कर लगाउने र कति रकमभन्दा माथि लगाउने बारे संघले केही पनि बोलेको छैन। 


Share this Story

   

Pramila Niraula[ 2020-05-13 12:22:21 ]
बैकर भनेका टाइ लगाउने गुन्डा हुन यिनिहरुको तलब भत्ता मा 60% कर लगाए हुन्छ ! बैंक मा गएर आफ्नै पैसा झिक्न राख्न नि दिन भरी लाइन बस्नु पर्छ अनि किन बैङ्किङ करोबार गर्नु पैसा भए घर मै सिरानी बनए हुन्छ 😛😛😛


Amar Bahadur Oli[ 2020-05-13 11:52:24 ]
तिम्रा बैंक सबै काठमाण्डाैमा राख हामी गाउँमा वस्तु विनिमय गर्दछाै


Basanta Shrestha[ 2020-05-13 10:17:08 ]
Nice, this will encourage to go digital, prevent money laundering and saves millions of rupees that will cost during printing of cash
However this should be done based on area, as in rular area people still afraid to go bank let alone digital,


Prince Deepak[ 2020-05-14 01:07:00 ]
It’s time to impose tax on cash transactions. Rs. 100,000/- would be threshold to ease small transactions. Some benefits are
1. People will be forced to opt digital banking
2. Cheque transactions increases
3. Helpful to prevent Money Laundering
4. Record of cash transactions thru tax
4. Saving to government (cash printing and management cost)


Basnet Mohan[ 2020-05-15 05:09:52 ]
What is the % of literate digital banking consumers of Nepal?Any CEOs out there to speak up! Bankers are insisting forceful digital banking just to cut their operational cost.. always a looters mind..


Niraj Agrawal[ 2020-05-13 01:33:14 ]
I think first bank should update there all branches with all staff only managing this in Birgunj, Kathmandu, Biratnagar,Pokhara not possible ,one of easiest way Kar laga do, Bhai ask each Nd every staff of Bank About IPS they answer I donot know


Manoj Santhalia[ 2020-05-13 09:17:28 ]
When the honourable people were clarifying about higher salaries of bank employees, they made a point to look at salaries given in another countries.

And when they suggested about Corona tax, why didn't they review other countries ?

Some people are selfish and self centered.


Uttam Maharjan[ 2020-05-13 01:25:21 ]
As if 5 % tax on interest is not enough, now they are talking about withdrawal tax! And this tax will be the first of its kind in the world!


Ramesh Shrestha[ 2020-05-13 11:00:14 ]
अलिक गरीब मारुवा नीति होला की जस्को online trading गर्ने वा बैंक संग सहज पहुंच हुँदैन


Sanjib Khadka[ 2020-05-13 04:06:22 ]
एउटा गाउँ मा शाखा पुर्याउन सकेको छैन ठुलो गफ गर्ने । गरिब मार्नलाई होला


Aashish Shrestha[ 2020-05-13 12:08:07 ]
Mananiya haru hami sakne le garaula
Nasakne ajha dherai xan
Asto expensive xa internet asko lagi purbadar barema sujab dekhiyena ta hamro jasto deshma asko safalta ko lagi avyas dherai aabasekta xa


Dinanath Parsuram Mini Mart[ 2020-05-13 12:08:44 ]
Phila digital payment lai charge free banau


Baburam Kandel[ 2020-05-13 05:10:16 ]
good idea


Suman Keyal[ 2020-05-13 12:54:51 ]
वाहियात गफ।


Shailendra Yadav[ 2020-05-13 12:19:43 ]
great 👍️


बिजय मानब[ 2020-05-13 11:59:43 ]
नचाहिने कुरा ।


Bijays Nagar[ 2020-05-13 10:28:43 ]
🦴


LX Nepali[ 2020-05-13 09:56:24 ]
नचाहिने कुरा।


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell