अशोक राणाले पाए हिमालयन बैंकको प्रमुख कार्यकारीमा निरन्तरता, सिडिसीलाई भित्र्याउन म्याद थपियो





काठमाडौं। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणाले निरन्तरता पाएका छन्। उनलाई सोमबरा बसेको सञ्चालक समिति बैठकले आगामी चार बर्षका लागि प्रमुख कार्यकारीमा निरन्तरता दिने निर्णय गरेको हो।

राणा २३ बर्षदेखि बैंकिङ क्षेत्रमा छन्। उनी १२ बर्षदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन्। उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ।

हिमालयन बैंकमा २० प्रतिशत सेयर पाकिस्तानी बैंक हबिबको लगानी छ। हबिबले २७ बर्षे सहकार्य छाडेर बिदा हुँदैछ। उसको ठाउँमा सिडिसी आउँदैछ।  बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी) लाई भित्र्याउनका लागि राणाले भूमिका खेल्नु परेकाले उनको म्याद थपिएको बताइएको छ।

TaTa
Sanima Bank
Riddisiddi Cement

यसअघि सञ्चालक समिति अध्यक्षबाट मनोजबहादुर श्रेष्ठ बिदा भइसकेका छन्। मनोजबहादुर र राणाबीच बाहिर बिबाद देखाइए पनि भित्र अध्यक्ष र सिइओ हुने बेलामा मेलमेलाप हुने गरेको चर्चा छ।

यसपाली श्रेष्ठ बाहिरिएकाले राणा पनि बाहिरिन्छन् भन्ने चर्चा थियो। 

यता राष्ट्र बैंकले दुई कार्यकालभन्दा बढि सिइओले खान नपाउने ब्यवस्था छ। पहिले खाएकोलाई एक र अबकोलाई एक गनेर राणाको कार्यकाल थपिएको बोर्ड स्रोतले जानकारी दियो।


Share this Story

   

अशोक राणाले पाए हिमालयन बैंकको प्रमुख कार्यकारीमा निरन्तरता, सिडिसीलाई भित्र्याउन म्याद थपियो को लागी १ प्रतिक्रिया(हरु)

Ramu[ 2020-03-26 04:19:02 ]
यो सरासर गलत काम हो निजी सम्पत्ति जस्तो भएको छ हिमालयन बैङ्क राष्ट्र ब्याङ्कले के हेरेको दक्षिणा?

   हालसम्म २३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell