BIZMANDU
www.bizmandu.com

अशोक राणाले पाए हिमालयन बैंकको प्रमुख कार्यकारीमा निरन्तरता, सिडिसीलाई भित्र्याउन म्याद थपियो

२०७६ चैत्र १३

अशोक राणाले पाए हिमालयन बैंकको प्रमुख कार्यकारीमा निरन्तरता, सिडिसीलाई भित्र्याउन म्याद थपियो
अशोक राणाले पाए हिमालयन बैंकको प्रमुख कार्यकारीमा निरन्तरता, सिडिसीलाई भित्र्याउन म्याद थपियो


काठमाडौं। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणाले निरन्तरता पाएका छन्। उनलाई सोमबरा बसेको सञ्चालक समिति बैठकले आगामी चार बर्षका लागि प्रमुख कार्यकारीमा निरन्तरता दिने निर्णय गरेको हो।

Tata
GBIME

राणा २३ बर्षदेखि बैंकिङ क्षेत्रमा छन्। उनी १२ बर्षदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन्। उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ।

हिमालयन बैंकमा २० प्रतिशत सेयर पाकिस्तानी बैंक हबिबको लगानी छ। हबिबले २७ बर्षे सहकार्य छाडेर बिदा हुँदैछ। उसको ठाउँमा सिडिसी आउँदैछ।  बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी) लाई भित्र्याउनका लागि राणाले भूमिका खेल्नु परेकाले उनको म्याद थपिएको बताइएको छ।

यसअघि सञ्चालक समिति अध्यक्षबाट मनोजबहादुर श्रेष्ठ बिदा भइसकेका छन्। मनोजबहादुर र राणाबीच बाहिर बिबाद देखाइए पनि भित्र अध्यक्ष र सिइओ हुने बेलामा मेलमेलाप हुने गरेको चर्चा छ।

यसपाली श्रेष्ठ बाहिरिएकाले राणा पनि बाहिरिन्छन् भन्ने चर्चा थियो। 

यता राष्ट्र बैंकले दुई कार्यकालभन्दा बढि सिइओले खान नपाउने ब्यवस्था छ। पहिले खाएकोलाई एक र अबकोलाई एक गनेर राणाको कार्यकाल थपिएको बोर्ड स्रोतले जानकारी दियो।