भारतीय बजेटले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा अध्ययन हुँदै, उद्योगलाई सहुलियत दिइने




काठमाडौं। अर्थसचिव शिशिरकुमार ढुंगानाले भारतको बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभाव मूल्यांकन गर्न अध्ययन समिति गठन गरेको बताएका छन्।

उनले समितिले अध्ययन अन्तिम चरणमा पुर्याएको बताउँदै समितिले दिएको सुझाबका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए। नेपाल उद्योग परिसंघको प्रतिनिधीमण्डलसँगको भेटमा उनले यो जानकारी दिएका हुन्।उनले चीनमा देखा परेको कोरोना भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताए।

TaTa
Sanima Bank
Riddisiddi Cement

उनले आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि काम अघि बढेको बताए। भेटमा परिसंघका अध्यक्ष सतिश मोरले भारतीय बजेटको प्रभाव मूल्याङ्कन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सिर्जना गर्नुपर्ने बताए।


Share this Story

   

भारतीय बजेटले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा अध्ययन हुँदै, उद्योगलाई सहुलियत दिइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell