BIZMANDU
www.bizmandu.com

भारतीय बजेटले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा अध्ययन हुँदै, उद्योगलाई सहुलियत दिइने

२०७६ फागुन ७

भारतीय बजेटले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा अध्ययन हुँदै, उद्योगलाई सहुलियत दिइने
भारतीय बजेटले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा अध्ययन हुँदै, उद्योगलाई सहुलियत दिइने

Tata
GBIME

काठमाडौं। अर्थसचिव शिशिरकुमार ढुंगानाले भारतको बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभाव मूल्यांकन गर्न अध्ययन समिति गठन गरेको बताएका छन्।

उनले समितिले अध्ययन अन्तिम चरणमा पुर्याएको बताउँदै समितिले दिएको सुझाबका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए। नेपाल उद्योग परिसंघको प्रतिनिधीमण्डलसँगको भेटमा उनले यो जानकारी दिएका हुन्।उनले चीनमा देखा परेको कोरोना भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताए।

उनले आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि काम अघि बढेको बताए। भेटमा परिसंघका अध्यक्ष सतिश मोरले भारतीय बजेटको प्रभाव मूल्याङ्कन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सिर्जना गर्नुपर्ने बताए।