नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौडेल, वरिष्ठ सल्लाहकारमा न्यौपाने




काठमाडौं। नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन्। यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए।

परिसंघका महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन्। परिसंघका अध्यक्ष सतीश कुमार मोरले परिसंघमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गर्दै परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे।


Share this Story

   

नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौडेल, वरिष्ठ सल्लाहकारमा न्यौपाने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell