लगातारको छलाङपछि शेयर बजारमा 'करेक्सन', किनबेच अर्ब नाघ्यो, वित्तीय क्षेत्रले सहयोग गरेन




काठमाडौं। गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको छ। सुरुवाति कारोबार सामान्य बढेपनि पछि बजार सुस्ताएको थियो। यद्यपी दिनभरी नै बजार सुचकमा उतारचढाब देखिएको थियो।

बजार साढे ७ अंकले घटे पनि कारोबार रकम भने अर्ब नाघेको छ। यद्यपी अघिल्ला दिनको तुलनामा कारोबार रकम घटेको छ। दिनभरीमा १ अर्ब २ करोडको किनबेच भएको छ।

TATA
SANIMA new
Riddisiddi Cement

शेयर बजार निरन्तर बढेका कारण मंगलबार करेक्सन भएको ब्रोकरहरु बताउँछन्। दोस्रो त्रैमासिकको अन्तिम दिन भएका कारण ब्याज र करतिर लगानीकर्ता लागेकाले पनि बजारमा करेक्सन भएको उनीहरुको तर्क छ। सूचक १२ सय ६३ अंकमा ओर्लिएको छ। 

बैंकिङ र बीमा क्षेत्रले साथ नदिँदा शेयर बजार घटेको हो। बाणिज्य बैंकहरुको सूचक १०.३६ अंकले झरेको छ भने जीवन बीमाको ५१.६६ र निर्जीबन बीमाको ४८.८ अंकले घटेको छ। लघुवित्तको सूचक पनि घटेको छ। विकास बैंक र फाइनान्सको भने सामान्य बढेको छ।

सबैभन्दा बढि प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ। बैंकको १२७ रुपैयाँ कित्ताका दरमा ११ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसपछि नागरिक लगानी कोषकको २२०५ रुपैयाँ कादरमा ७ करोड २२ लाख ३९ हजार रुपैयाँको शेयर किनबेच भएको छ।

सूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशन र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। मञ्चुरी फाइनान्सको ९ प्रतिशतले बढेको छ।

घट्नेमा दिब्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावरलगायत १०० कम्पनी छन्। कुल ४७ कम्पनीको शेयर मूल्य बढेको छ।


Share this Story

   

लगातारको छलाङपछि शेयर बजारमा 'करेक्सन', किनबेच अर्ब नाघ्यो, वित्तीय क्षेत्रले सहयोग गरेन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell