BIZMANDU
www.bizmandu.com

लगातारको छलाङपछि शेयर बजारमा ‘करेक्सन’, किनबेच अर्ब नाघ्यो, वित्तीय क्षेत्रले सहयोग गरेन

२०७६ पुष २९

लगातारको छलाङपछि शेयर बजारमा ‘करेक्सन’, किनबेच अर्ब नाघ्यो, वित्तीय क्षेत्रले सहयोग गरेन
लगातारको छलाङपछि शेयर बजारमा ‘करेक्सन’, किनबेच अर्ब नाघ्यो, वित्तीय क्षेत्रले सहयोग गरेन

Tata
GBIME
Nepal Life

काठमाडौं। गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको छ। सुरुवाति कारोबार सामान्य बढेपनि पछि बजार सुस्ताएको थियो। यद्यपी दिनभरी नै बजार सुचकमा उतारचढाब देखिएको थियो।

बजार साढे ७ अंकले घटे पनि कारोबार रकम भने अर्ब नाघेको छ। यद्यपी अघिल्ला दिनको तुलनामा कारोबार रकम घटेको छ। दिनभरीमा १ अर्ब २ करोडको किनबेच भएको छ।

शेयर बजार निरन्तर बढेका कारण मंगलबार करेक्सन भएको ब्रोकरहरु बताउँछन्। दोस्रो त्रैमासिकको अन्तिम दिन भएका कारण ब्याज र करतिर लगानीकर्ता लागेकाले पनि बजारमा करेक्सन भएको उनीहरुको तर्क छ। सूचक १२ सय ६३ अंकमा ओर्लिएको छ। 

बैंकिङ र बीमा क्षेत्रले साथ नदिँदा शेयर बजार घटेको हो। बाणिज्य बैंकहरुको सूचक १०.३६ अंकले झरेको छ भने जीवन बीमाको ५१.६६ र निर्जीबन बीमाको ४८.८ अंकले घटेको छ। लघुवित्तको सूचक पनि घटेको छ। विकास बैंक र फाइनान्सको भने सामान्य बढेको छ।

सबैभन्दा बढि प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ। बैंकको १२७ रुपैयाँ कित्ताका दरमा ११ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसपछि नागरिक लगानी कोषकको २२०५ रुपैयाँ कादरमा ७ करोड २२ लाख ३९ हजार रुपैयाँको शेयर किनबेच भएको छ।

सूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशन र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। मञ्चुरी फाइनान्सको ९ प्रतिशतले बढेको छ।

घट्नेमा दिब्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावरलगायत १०० कम्पनी छन्। कुल ४७ कम्पनीको शेयर मूल्य बढेको छ।