रामकृष्ण ढकालको 'नजिक आउनुमा' टुबोर्ग ओपन सेसन्स् २ मा




काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको 'नजिक आउनुमा' टुबोर्ग ओपन सेसन्स् २ मा  सार्वजनिक भएको छ । कम्पनीका अनुसार च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो।

पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको कम्पनीले जनाएको छ।

TATA
SANIMA new
Jagdamba Steel

ढकाल लोकप्रिय गायक हुन्। ढकालले आफ्नो लामो सांगीतिक यात्रामा हालसम्म करिब ५००० बढी मौलिक गीतहरु गाएका छन् । सन् २०५५ सालमा प्रबल गोर्खा दक्षिण बाहुद्वारा सम्मानित हुने सबै भन्दा सानो उमेरको उनी थिए।

आफ्नो परिवारमा कुनै सांगीतिक पृष्ठभूमि नभएका ढकालले स्वर सम्राट, नारायण गोपालको लोकप्रिय गीत गाएर आफ्नो सांगीतिक यात्रा सुरु गरे। करिब तीन दशक देखिको निरन्तर मेहनत र धैर्यताका साथ ढकालले आफ्नो नाम नेपाली आधुनिक संगीतको इतिहासमा लेख्न सफल भएका छन्। ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा उनको हिट “नजिक आउनुमा” प्रस्तुत गरेका छन् ।  


Share this Story

   

रामकृष्ण ढकालको 'नजिक आउनुमा' टुबोर्ग ओपन सेसन्स् २ मा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell