BIZMANDU
www.bizmandu.com

रामकृष्ण ढकालको ‘नजिक आउनुमा’ टुबोर्ग ओपन सेसन्स् २ मा

२०७६ मंसिर १६

रामकृष्ण ढकालको ‘नजिक आउनुमा’ टुबोर्ग ओपन सेसन्स् २ मा
रामकृष्ण ढकालको ‘नजिक आउनुमा’ टुबोर्ग ओपन सेसन्स् २ मा

Tata
GBIME
Nepal Life

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको 'नजिक आउनुमा' टुबोर्ग ओपन सेसन्स् २ मा  सार्वजनिक भएको छ । कम्पनीका अनुसार च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो।

पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको कम्पनीले जनाएको छ।

ढकाल लोकप्रिय गायक हुन्। ढकालले आफ्नो लामो सांगीतिक यात्रामा हालसम्म करिब ५००० बढी मौलिक गीतहरु गाएका छन् । सन् २०५५ सालमा प्रबल गोर्खा दक्षिण बाहुद्वारा सम्मानित हुने सबै भन्दा सानो उमेरको उनी थिए।

आफ्नो परिवारमा कुनै सांगीतिक पृष्ठभूमि नभएका ढकालले स्वर सम्राट, नारायण गोपालको लोकप्रिय गीत गाएर आफ्नो सांगीतिक यात्रा सुरु गरे। करिब तीन दशक देखिको निरन्तर मेहनत र धैर्यताका साथ ढकालले आफ्नो नाम नेपाली आधुनिक संगीतको इतिहासमा लेख्न सफल भएका छन्। ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा उनको हिट “नजिक आउनुमा” प्रस्तुत गरेका छन् ।