बाबा गोकर्णेश्वरले सुन्ताखान - रत्नपार्क बस संचालनमा ल्यायो, १६ किलोमिटरको भाडा ३० रुपैयाँ




काठमाडौं। बाबा गोकर्णेश्वर यातायातले सुन्ताखान - रत्नपार्क रुटमा सेवा विस्तार गरेको छ।

मंगलबारदेखि ६ वटा नयाँ बसमार्फत सेवा सुरु गरिएको कम्पनीमा अध्यक्ष भीम बस्नेतले जानकारी दिए। उनका अनुसार वडा कार्यालय र नगरपालिकाले कम्पनीलाई सुन्ताखानसम्म बस संचालनका लागि आग्रह गरेका थिए। सबैतिरबाट माग भएपछि नयाँ बस थपेर सेवा विस्तार गरिएको बस्नेतले जानकारी दिए। गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले सेवा विस्तारको उद्घाटन गरेका थिए।

Sipradi
Sanima Bank
Riddisiddi Cement

कम्पनीका अनुसार बस सुन्ताखानबाट गोकर्ण - अत्तरखेल -  जोरपाटी - बौद्ध चावहिल -गौशाला-  रातो पुल हुँदै रत्नपार्क पुग्नेछ भने रत्नपार्कबाट सोही रुट सुन्ताखान फर्कनेछ। करिव १६ किलोमिटरको यो रुटमा कम्पनीले ३० रुपैयाँ भाडादर तोकिएको छ।

करिव तीन बर्ष अघि २० वटा बस  मार्फत सेवा थालेको गोकर्णेश्वर यातायातले ९५ वटा बस मार्फत उपत्यका भित्रका विभिन्न रुटमा सेवा दिईरहेको छ। माकलबारीलाई केन्द्र बनाएर साँखु- रत्नपार्क - दक्षिणकाली, चक्रपथ परिक्रमा, माकलवारी रत्नपार्क/ चक्रपथ लगायतका रुटहरुमा सेवा दिईरहेको छ। बस सेवा सुरु हुदा रुट पाउनै मुस्किल पर्ने अवस्था थियो। कम्पनीले जोरपाटी क्षेत्रमा चल्ने माईक्रो र साना बसको सिन्डिकेट तोड्दै सेवा थालेको थियो।


Share this Story

   

बाबा गोकर्णेश्वरले सुन्ताखान - रत्नपार्क बस संचालनमा ल्यायो, १६ किलोमिटरको भाडा ३० रुपैयाँ को लागी १ प्रतिक्रिया(हरु)

किरण - जोरपाटी[ 2019-11-06 02:58:50 ]
बिस बर्षा आगाडी बाट सुन्तखान रत्नपार्क गाडी चल्न थलेको तर आज सम्म पनि काठमाडौं को जुम्ला जस्तै बिकट छ सुन्तखान ।
अझै पनि सुन्तखान लाई पर्यतकिय गन्तब्य का लागि पहल न गर्ने हो भने बाबा गोकर्नेश्वोर को यो प्रायस पनी केहि महिना मै तुहिने छ सबै को प्रायस तहा को बिकास को लागि प्रायस गरौ

   हालसम्म १३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell