BIZMANDU
www.bizmandu.com

बाबा गोकर्णेश्वरले सुन्ताखान – रत्नपार्क बस संचालनमा ल्यायो, १६ किलोमिटरको भाडा ३० रुपैयाँ

२०७६ कात्तिक २०

बाबा गोकर्णेश्वरले सुन्ताखान – रत्नपार्क बस संचालनमा ल्यायो, १६ किलोमिटरको भाडा ३० रुपैयाँ
बाबा गोकर्णेश्वरले सुन्ताखान – रत्नपार्क बस संचालनमा ल्यायो, १६ किलोमिटरको भाडा ३० रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। बाबा गोकर्णेश्वर यातायातले सुन्ताखान – रत्नपार्क रुटमा सेवा विस्तार गरेको छ।

मंगलबारदेखि ६ वटा नयाँ बसमार्फत सेवा सुरु गरिएको कम्पनीमा अध्यक्ष भीम बस्नेतले जानकारी दिए। उनका अनुसार वडा कार्यालय र नगरपालिकाले कम्पनीलाई सुन्ताखानसम्म बस संचालनका लागि आग्रह गरेका थिए। सबैतिरबाट माग भएपछि नयाँ बस थपेर सेवा विस्तार गरिएको बस्नेतले जानकारी दिए। गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले सेवा विस्तारको उद्घाटन गरेका थिए।

कम्पनीका अनुसार बस सुन्ताखानबाट गोकर्ण – अत्तरखेल –  जोरपाटी – बौद्ध चावहिल -गौशाला-  रातो पुल हुँदै रत्नपार्क पुग्नेछ भने रत्नपार्कबाट सोही रुट सुन्ताखान फर्कनेछ। करिव १६ किलोमिटरको यो रुटमा कम्पनीले ३० रुपैयाँ भाडादर तोकिएको छ।

करिव तीन बर्ष अघि २० वटा बस  मार्फत सेवा थालेको गोकर्णेश्वर यातायातले ९५ वटा बस मार्फत उपत्यका भित्रका विभिन्न रुटमा सेवा दिईरहेको छ। माकलबारीलाई केन्द्र बनाएर साँखु- रत्नपार्क – दक्षिणकाली, चक्रपथ परिक्रमा, माकलवारी रत्नपार्क/ चक्रपथ लगायतका रुटहरुमा सेवा दिईरहेको छ। बस सेवा सुरु हुदा रुट पाउनै मुस्किल पर्ने अवस्था थियो। कम्पनीले जोरपाटी क्षेत्रमा चल्ने माईक्रो र साना बसको सिन्डिकेट तोड्दै सेवा थालेको थियो।