कार्यकाल बाँकी छँदै एनबिआइबाट बिदा भए सञ्जिब सुब्बा, बैंकका ५० हजारलाई तालिम दिलाए

बिजमाण्डू
२०७६ कात्तिक ७ गते १४:१२ | Oct 24, 2019
कार्यकाल बाँकी छँदै एनबिआइबाट बिदा भए सञ्जिब सुब्बा, बैंकका ५० हजारलाई तालिम दिलाए


Tata
GBIME
NLIC

काडमाडौं। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) को प्रमुख कार्यकारी अधिकृतबाट सञ्जिव सुब्बाले राजीनामा गरेका छन्। उनको राजीनामा बिहीबार नै सञ्चालक समितिले स्वीकृत गरेको छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई 'प्रोफेसनल' तालिम दिँदै आएको एनबिआइमा सुरुवातबाटै सुब्बा थिए। उनले कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्। उनले नौं बर्ष संस्थामा बिताएका थिए।

नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको एनबिआइले सञ्जिबका पालामा १९ सयभन्दा बढि तालिम कार्यक्रम आयोजना गरेको थियो। एनबिआइले कुल ५० हजार जनालाई तालिम दिइसकेको छ।

सञ्जिबले सुरुवातदेखि नै एनबिआइको आम्दानी बढाएर १५ करोड २२ लाख रुपैयाँको कोषसमेत तयारी पारिदिएका थिए।

बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी भर्ना गर्ने तर उनीहरुको बृत्तिविकासमा काम गर्दैन थिए। उनकै पहलमा राष्ट्र बैंकले नाफाको तीन प्रतिशत कर्मचारीमा खर्च गर्नु पर्ने ब्यवस्था गरेको थियो। 

एनबिआइको सञ्चालक समिति सदस्यबाट उपेन्द्र पौडेल पनि बाहिरिएका छन्। उनको कार्यकाल सकिएर बिदा भएका हुन्। उनको ठाउँमा कसैलाई पनि चयन गरिएको छैन।