हिमाल दोलखा हाइड्रोपावरको प्राथमिक शेयर सबै बिकेन, अब अन्डर राइटरले सकार्नुपर्ने

बिजमाण्डू
२०७६ साउन २६ गते १६:१० | Aug 11, 2019
हिमाल दोलखा हाइड्रोपावरको प्राथमिक शेयर सबै बिकेन, अब अन्डर राइटरले सकार्नुपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं।हिमाल दोलखा हाइड्रोपावरले निष्कासन प्राथमिक शेयरमा पर्याप्त आवेदन नपरेपछि प्रत्याभूति (अन्डर राइटर)कर्ताले सकार्नु पर्ने भएको छ।

कम्पनीको ढिलो अवधि सम्मपनि शेयर बिक्री नभएपछि अन्डरराइटरले सकार्नु पर्ने सम्भावना बढेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारी दिए। सबै शेयर बिक्री नभएपछि बिक्री प्रबन्धकले अन्डर राइटरमा जानु पूर्व आइतबारदेखि कम्पनीका संचालक तथा संस्थापकलाई शेयरको बिक्री खुला गरेको उनले बताए। संस्थापकले आइतबारदेखि मंगलबार कार्यालयसम्म आवेदन दिन सक्नेछन्।

यो निष्कासनमा कम्पनीका संस्थापक शेयरधनी,सञ्चालक र निजका एकाघरका परिवार, कार्यकारी प्रमुख,लेखा परीक्षक र त्यसमा संलग्न व्यक्तिहरूले आवेदन दिन सक्ने छन्।उनीहरूले क्यापिटलको केन्द्रीय कार्यालयसँगै सी-आस्वा सेवा प्रदायक बैक वित्तीय संस्था र मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्ने ढकालको भनाइ छ।

यो अवधिमा बिक्री भएको शेयरसहित बिक्री प्रबन्धकले शेयर बाँडफाँड गर्ने छ।बाँडफाँड गरेपछि बाँकी रहेको शेयरलाई बिक्री प्रबन्धकले कम्पनीको जिम्मा लगाउने ढकालले बताए। कम्पनीले बिक्री नभएको शेयर प्रत्याभूतकर्तालाई बिक्री गर्ने छ। चार अन्डर राइटरले बिक्री नभएको शेयर सकार्ने छन्।

पछिल्लो तथ्याङ्क अनुसार नविल इन्भेस्टमेन्ट बैकिङ्ले ३३.७१ प्रतिशत शेयर सकार्नु पर्नेछ।नविलको भागमा १५ लाख ९६ हजार कित्ता शेयर पर्नेछ। सबैभन्दा कम नेपाल बंगलादेश क्यापिटलले सकार्ने छ। बंगलादेशले ८.४३ प्रतिशत हुन आउने तीन लाख ९९ हजार कित्ता शेयर पर्नेछ। यस अघि नेपाल बैकको शेयर बिक्री नभएपछि अन्डराइटरले सकार्नु परेको थियो।  

ढकालका अनुसार करिब ४० प्रतिशत मात्रै शेयर बिक्री भएको छ। एक महिनाको अवधिमा ३० लाख ६५ हजार १२० कित्ता शेयर बिक्री भएको हो।जुन माग गरेको भन्दा ६०.७० प्रतिशत कम हो। कम्पनीको शेयरमा ७२ हजार २७ सर्वसाधारणले आवेदन दिएका थिए।

कम्पनीले गत असार २५ देखि साधारण शेयर निष्कासन गरेको थियो।सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणलाई खुला गरेको थियो। कम्पनीका अनुसार यसमा स्थानीय प्रभावितले नकिनेको १४ लाख ७२ हजार २१० कित्ता शेयर समेत समावेश गरिएको थियो।

कम्पनीले कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्कासन गरेको हो।पहिलो चरणमा सबै शेयर बिक्री नभएपछि कम्पनीले साउन २४ सम्म पुन: बिक्री खुला गरेको थियो।यो अवधिमा समेत सबै शेयर बिक्री हुन सकेन्।

निकट भविष्यमै कम्पनीले नाफामा जाने प्रक्षेपण सहित शेयर निष्कासन गरेको भएपनी लगानीकर्ताले आश्वस्त भएनन्। कम्पनीले चालु आर्थिक वर्ष भित्रै आठ करोड ६३ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ।कम्पनीले प्रति शेयर आम्दानी सात रुपैयाँ ५८ पैसा पुर्याउने दाबी समेत गरेको थियो। जलविद्युत कम्पनीको दोस्रो बजारमा शेयरको मूल्य बढ्न सकेको छैन।

 

अण्डर राइटर

‍प्रत्याभूत हिस्सा (%)

सकार्नु पर्ने कित्ता 

लक्ष्मी क्यापिटल

25

1183720

नबिल इन्भेष्टमेन्ट बैंकिङ

33.71

1596028

बिओके क्यापिटल मार्केट

32.87

1556124

नेपाल बंगलादेश क्यापिटल

8.43

399007.7

जम्मा

100

4734880

 

हाल कम्पनीको चुक्ता पूँजी ८२ करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी एक अर्व ६० करोड रुपैयाँ पुग्नेछ।उसले इलाम जिल्लामा दुई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

आयोजनाको कुल लागत अनुमान दुई अर्ब १४ करोड रुपैयाँ छ।यो आयोजनाको प्रति मेगावाट १७ करोड १९ लाख रुपैयाँ छ। दुवै आयोजनाबाट विद्युत् उत्पादन सुरु भई सकेको छ।यो कम्पनीले माइखोला साना जलविद्युत आयोजनाले र माइखोला क्यासडेड जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन्।