कर्मचारी सञ्चय कोषमा ३३ जनालाई जागिरको अवसर, सहायक, सिए र प्रबन्धकमा आजैदेखि भर्न पाइने

बिजमाण्डू
२०७५ चैत्र १५ गते १०:१९ | Mar 29, 2019


काठमाडौं। कर्मचारी सञ्चय कोषले खुला प्रतिस्पर्धाबाट ३३ जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले चौथो तहको सहायक पददेखि ९ औ तहको वरिष्ठ प्रवन्धकको लागि कर्मचारी आह्वान गरेको हो।

Tata
GBIME
Nepal Life

कोषले ९ औं तहको वरिष्ठ प्रवन्धकको लागि एक जना कर्मचारी आह्वान गरेको छ। यसका लागि स्नातकोत्तर गरि संघठित संस्थाको अधिकृत स्तरमा रहेर कम्तीमा पनि ७ वर्षको कार्यानुभव हुनु पर्ने सञ्चय कोषले जनाएको छ।

त्यस्तै एक एकजना प्रबन्धक र उप प्रबन्धकको लागि पनि कर्मचारी माग गरिएको छ। यसका लागि पनि स्नातकोत्तर गरी अधिकृत स्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। सातौं तहको उप प्रवन्धक पदका लागि तीनजना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ।

सातौं तहका लागि दुईजना वित्त विश्लेषणका लागि उप प्रवन्धक माग गरिएको छ। छैठौं तहको सहायक प्रवन्धक पदमा प्रशासनतर्फ १७ जना र कम्प्युटर प्राविधिकका लागि एक जना कर्मचारी आह्वान गरिएको छ।  चौथो तहमा ७ जना कर्मचारी माग गरिएको छ।

योग्यता पुगेका आवेदकले आजदेखि २१ दिन भित्रमा अनलाइन आवेदन दिन सक्ने कर्मचारी सञ्चय कोषले जनाएको छ।